बाँकेमा टिपरले भ्यानलाई ठक्कर दिँदा १३ जना घाइते


बाँके, पुस २ । बाँकेमा टिपरको ठक्करबाट १३ जना घाइते भएका छन् । आज बिहान कोहलपुर नगरपालिका – ३ मैटहवा नजिक टिपरले भ्यानलाई ठक्कर दिँदा १३ जना घाइते भएका हुन् ।
घाइते हुनेमा बाह्रबर्दिया नगरपालिका – ७ की ३१ वर्षीया सुनिता नेपाली, बासगढी नगरपालिका – ४ बस्ने ३६ वर्षीय रमेश थारू, सुर्खेत लेकबेसी – ४ का ४७ वर्षीय प्रेम चदारा, गुलरिया बाह्रबर्दिया – ९ की २० वर्षीया अन्जु चौधरी, कोहलपुर – १० बस्ने ३९ वर्षीया कमला कुमारी देवकोटा, बैजनाथ गाउँपालिका – ६ बस्ने ३१ वर्षीया अप्सरा बुढाथोकी र बैजनाथ गाउँपालिका – ५ बस्ने २० वर्षीया सपना परियार रहेका छन् ।
यस्तै बासगढी नगरपालिकाकी ५० वर्षीया विष्णुकला खत्री, बासगढी नगरपालिका – २ बस्ने २० वर्षीय प्रशान्त विष्ट, बैजनाथ गाउँपलिका – ६ बस्ने ३० वर्षीय करण डडेल, कोहलपुर नगरपालिका – ५ बस्ने ४० वर्षीया टीका कुमारी डीसी, बैजनाथ गाउँपालिका – ३ बस्ने ५८ वर्षीय पठे एरी र म्याजिक चालक कोहलपुर – २ बस्ने २७ वर्षीयप्रदीप विक घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोहलपुरबाट बाँसगढीतर्फ जाँदै गरेको भे १ ज ७४७ नम्बरको भ्यानलाई पछाडिबाट टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।























