समाचार

धनगढी महोत्सवमा पल शाहको ब्रासलेट हरायो

जगत ठाडा मगर
२०८० पुस २ | मध्यान्ह १२:०९ बजे

धनगढी, पुस २ । धनगढी महोत्सवमा अभिनेता पल शाहको ब्रासलेट हराएको छ ।

शनिबार महोत्सवमा प्रस्तुति दिने क्रममा शाहको करिब ३ तोला बराबरको सुनको ब्रासलेट हराएको हो । शनिबार पल शाहको ब्रासलेट हराएको बारे आइतबार उद्घोषकले पनि जानकारी गराएका थिए ।

तर, अहिले सम्म पनि ब्रासलेट नभेटिएको आयोजकले जानकारी दिएको छ । ब्रासलेट खोज्न सिसिटिभी पनि हेरिएको थियो ।

कमेन्टहरु