भैंसी तस्करीको ट्रान्जिट बन्दै भिखमपुर, सशस्त्र प्रहरी निरीक्षकद्वारा लाखौ रकम असुल गरेको आरोप


रंजित चौरसिय
पर्सा । पर्साको ग्रामिण भेगमा पर्ने भिखमपुर हुँदै अबैध तरिकाले भैसीको कारोबार तिब्र रूपले अगाडी बढेको पाइन्छ । स्थानीय सशस्त्र प्रहरी र स्थानीय नेपाल प्रहरीको सहयोगमा भैसीको तस्करी बढेको बिषयमा एक घटनाले उजागर पारेको हो ।
स्थानीय बोर्डर आउट पोस्ट भिखमपुरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक किस्मान तामाङले मासिक लाखौ रूपैया नजराना बुझे पश्चात् भैसी तस्करीको लाइन दिएको बिषयमा उनकै प्रहरी श्रोतले जनाएको छ ।
श्रोतले जनाए अनुसार पर्सा जिल्लाको अन्य नाका सबैठवाबाट समेत भैसीको तस्करी भइरहेपनी भिखमपुरबाट सबै भन्दा ठूलो तस्कर महादेव भनिनेले सातामा दुई पटक भैंसी बाराको जितपुरसम्म पुर्याउने गरेको बताए ।
यता जेष्ठ ९ गते बिहान ३ बजेको समयमा तस्करीको लाइन दिएको बिषयमा सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकालाई सुचना गएको थियो । सूचना आउनसाथ १३ नम्बर गणबाट खटिएको टोलिले अबैध तरिकाले नेपाल भित्रिएको ३२ वटा भैंसी पक्राउ गर्नसाथ कारवाहीमा पर्ने डरले ७ गोटा भैंसी सशस्त्र प्रहरी निरीक्षक तामाङले नियन्त्रणमा लिएको तस्कर श्रोतले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणले जनाए अनुसार जम्मा ४७ गोटा भैंसी मध्ये ३२ गोटा गणको टोलिले नियन्त्रणमा लिएको थियो भने बोर्डर आउट पोस्ट भिखमपुरले ७ गोटा र सुवर्णपुरले ८ वटा नियन्त्रणमा लिएको जनाएको छ । भिखमपुर नाकाबाट सातामा २ पटक भैसी अबैध तरिकाले आयात हुन्छ तर स्थानीय बिओपीले गणको टोलि नियन्त्रणमा लिएकै दिन पक्राउ गर्ने र अर्को दिनमा नगर्नेले तस्करीको लाइन रहेको बिषयमा छर्लङ्ग भएको छ ।
मुलूक कोरोनाको चपेटामा परेको छ, जिल्ला प्रशासन कार्यालय पर्साले निशेधाज्ञा जारी राखेको छ तर सीमामा खटिएका प्रहरीहरू यस्तो समयमा पनि तस्करी गराउनु दुर्भाग्यको बिषय बनेको छ । केही रकमको लागि आफ्नो वर्दी र संगठनकै नाम बदनाम गर्दै तस्करी कार्यमा लाग्नु लाजस्पद रहेता पनि सम्बन्धित निकायको मौनताले प्रश्न चिन्ह खडा गरेको छ ।
तसर्थ : यस बिषयमा माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।























