मायादेवी स्तरिय मदरसा सघंद्वारा नेपाल सरकारलाई ध्यानकर्षण


कपिलवस्तु । कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिकामा रहेको ” मायादेवी स्तरिय मदरसा संघ” ले नेपाल सरकारको आ.व.२०७८/०७९ को बजेट विनियोजनप्रती ध्यानकर्षण गराएको छ।
नेपाल सरकारका अर्थमन्त्री माननीय श्री विष्णु प्रसाद पौडेलले मिति २०७८-०२-१५ गते प्रस्तुत गर्नुभएको आ.व.२०७८/०७९को बजेटमा नेपालमा रहेका अल्पसंख्यक मुस्लिमहरुको धार्मिक स्थल तथा शैक्षिक संस्थान मदरसाहरुप्रती कुनै पनि ठाँउमा सम्बोधन तथा बजेट विनियोजन नरहेकोले यो ध्यानकर्षण पत्र जारी गरिएको भनी पत्रमा उल्लेख गरिएको छ।
तथ्यांक सर्वेक्षण २०७७/०७८ अनुसार नेपालमा कुल ११२९ धार्मिक विद्यालय एवम मदरसाहरु रहेका छ्न्। सबै धार्मिक मदरसाहरुमा पठनपाठन भैरहेको र सरकारी विद्यालय सरह विद्यार्थीहरु भर्ना भई शिक्षण कार्य भईरहेको भनि संघका अध्यक्ष हिफजुर्र्हमान मुसलमानले बताउनु भयो ।
नेपाल सरकारले वार्षिक रुपमा दिइरहेको एकमुष्ठ रकम रु. २,४१,०००. अनुदान मात्र अहिलेसम्म यथावत रहेकोले यो रकम मदरसाहरुका लागि अत्यन्त न्यून रहेको भनि संघ सचिव रहतमत अलि दर्जिले बताउनु भयो ।
यो एकमुष्ठ अनुदान रकम बाहेक मदरसाहरुलाई कुनै पनि सेवा सुविधा हालसम्म नेपाल सरकारद्वारा प्राप्त नभएको र यो आ.व.२०७८/०७९ को बजेट विनियोजन सम्बन्धमा नेपाल सरकारलाई मदरसाहरुप्रति सकारात्मक कदम चाल्न यो ध्यानकर्षणपत्र मार्फत अहवान गरिएको छ ।























