देश

सिराहामा अस्थायी कोरोना अस्पतालको उट्घाटन

जगत ठाडा मगर
२०७८ जेष्ठ १७ | मध्यान्ह ०८:०२ बजे

बिनोद मण्डल
सिराहा । जिल्लामा कोरोना संक्रमण बढेको वा न्यून भएको केही खास डाटाको अभाव रहेको बेलामा गोलबजार नगरपालिकाले जिल्लामा कोरोना अस्पतालको उद्दघाटन गरेका हुन् ।

२५ बेडको अस्थायी कोभिड अस्पताल करिब एक करोड २५ लाख रुपैयाँमा निर्माण भएको गोलबजार नगरपालिकाको प्रशासकिय अधिकृत श्रीधर केसीले जानकारी दिनुभयो ।

उक्त अस्पताल निर्माणका लागि करिब ४ करोड मूल्य बराबरको एक विगाहा जग्गा पुर्व प्रमुख जिल्ला अधिकारी ललित बहादुर थापाले निःशुल्क गोलबजार नगरपालिकालाई दान गरेका थिए ।

कार्यक्रममा मेयर देवनाथ शाहले नवनिर्मित भवनको उद्घाटन गर्दै यस अस्पतालले स्थानिय जनतालाई निःशुल्क सेवा दिने बताउनु भएको हो । जिल्लामा कोभिड अस्पताल पहिलो भएकोले अाम जिल्लाबासी लाभान्चित हुने कार्यक्रममा सहभागी अधिकांश वक्ताहरुले बताएका छन् । नगरपालीका द्वारा आयोजीत कार्यक्रममा जिल्लाका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

सिराहा जिल्लाको सबैभन्दा बढी कोरोना संक्रमित भएको नगरपालीका रहेको यस नगरपालिकाको अगुवाइमा निर्माण गरेर सञ्चालन गर्न लागिएको अस्पतालको आकस्मिक सेवाहरु नियमित रूपमा सञ्चालन भइरहने नगरपालिकाले जनाएका छन् ।

कमेन्टहरु