समाचार

विमानस्थलबाट कुकुरको सहायताले ५५ केजी गाँजा बरामद

जगत ठाडा मगर
२०८० पुस १ | बिहान १०:०९ बजे

काठमाडौँ, पुस १ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०८ कार्टुन गाँजा बरामद गरिएको छ ।

बुधबार राति कतार एयरवेजको जहाजबाट आएको सामानमा लुकाएर ल्याएको अवस्थामा १०८ कार्टुन (५५ केजी) गाँजा बरामद गरिएको हो ।

विमानस्थल प्रहरीका अनुसार स्पिकरको भाडोमा लुकाएर ल्याएको गाँजा कुकुरले सुँघेर पता लागेको हो । गाँजा ल्याउने नागरीक अमेरिकन हुन् ।

कमेन्टहरु