पिपलकाे रुख काट्ने क्रममा नवलपरासीमा एककाे मृत्युु

जगत ठाडा मगर
२०७८ जेष्ठ १७ | मध्यान्ह ०७:०२ बजे

ज्ञानेश्वर सहानी
नवलपरासी । पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका – ४ बैरीहवामा पिपलकाे रुख काट्ने क्रममा रुख ढल्दा एक युवाको मृत्युु भएको छ ।

मृत्युु हुनेमा रामग्राम नगरपालिका -७ उजैनिका करिब ४० वर्षिय सिवान अलि रहेको नवलपुर टुडेका नवलपरासी सम्बादाता ज्ञानेश्वर सहानीले जानकारी दिनुभएको हाे ।

बैरीहवामा पिपलकाे रुख काट्ने क्रममा रुख ढल्दा च्यापिएर अलिकाे ज्यान गएको स्थानीयले बताएका छन ।























