देश

जापानबाट मनकारी बस्नेतले महामारीमा दिए बिपन्न परिवारलाई दैनिक उपभोग्य बस्तु

जगत ठाडा मगर
२०७८ जेष्ठ १७ | मध्यान्ह ०१:०२ बजे

श्याम क्षेत्री
दाङ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागी देशमा निषेधाज्ञा जारी छ,जसका कारण कुनै मानवीय क्रियाकलाप सौहार्द रुपमा सुचारु हुन सकेको छैन् ।

दिनमा काम गरेर साँझ छाक टार्ने अति विपन्न परिवारमा चुलो बोल्न छाड्दै गएको छ ।कत्तै रोगले भन्दा पनि भोकले ति विपन्न परिवारले अकालमा ज्यान गुमाउनुपर्ने त होइन भन्ने चिन्ता र सर्वत्र उब्जीएको छ ।

photo 2021 05 31 12 58 11

दाङका विभिन्न स्थानीय तहमा अति विपन्न परिवारले खाधन्नको याचना गर्न थालिसकेका छन् ।सरकार यसप्रति संवेदनशिल बन्न नसक्दा भोकले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुन थालिसकेको छ । यसै बिच विगत लामो समय देखि जापान रहदै आउनु भएका प्रदेश ५ को राजधानी स्थित राप्ती गाउँपालिका वार्ड नं. १ निवासी मनकारी दिल बहादुर बस्नेतले भालुबाङ स्थित पुरानो बजार क्षेत्रका अति विपन्न ७० घर-परिवारलाइ राहत स्वरुप खाधन्न वितरण गर्नु भएको छ।

photo 2021 05 31 12 58 13

“सेवा नै धर्म,बुझ्नुपर्छ गरिबको मर्म” भन्ने सोचका साथ आफनै खर्चमा अति विपन्न परिवारलाई चामल,दाल,तेल, स्वयाविन, साबुन, मास्क र सेनिटाइजर लगायत गरि प्रतिघर रु.२ हजार २ सय मुल्य बराबरको खाधान्न सामाग्री वितरण गरेको कुरा मनकारी बस्नेतले बताउदै आगामी दिनमा पनि निरन्तर गरिब दुखिको सेवामा लाग्ने बताउनु भयो।

भोकका कारण जनताले मृत्युवरण गर्न नपरोस भन्ने उदेश्यका साथ जनता बचाउने अभियानमा सबै आआफ्नो तरिकाले लाग्नु पर्ने कुरा समेत अपिल गर्नु भएको छ।

photo 2021 05 31 12 58 15

राहत सामाग्री पाएसंगै महिना दिन जति आफनो दैनिकी चल्ने ति अति विपन्न परिवारले बताएका छन् । जनताको सारथी बनेको भन्दै प्रशंसा र धन्यवाद मनकारी बस्नेतलाई ज्ञापन गरेका थिए । साथै,ति परिवारले थप गुजारा चलाउन सहयोगको याचना गरेका छन् ।

कमेन्टहरु