गण्डकी प्रदेश

मणिपालबाट हराएका बिरामीलाई खोज्न चार घन्टा सेती ड्याम खोलिने

नवलपुर टुडे
२०८० मंसिर २८ | बिहान ११:०८ बजे

पोखरा, मंसिर २८ । आज पोखरा महानगरपालिका – १६ दीपस्थित सेती नदीको ड्याम खोलिने भएको छ ।

आज पोखरा महानगरपालिका – १६ दीपस्थित सेती नदीको ड्याम खोलिने भएको छ । तनहुँ घर भई पोखराको लामाचौर बस्दै आएका १९ वर्षीय संगम मिश्र गत सोमबार पोखराको मणिपाल शिक्षण अस्पतालबाट हराएका थिए ।

उनको खोजी गर्नका लागि सेती नदीको ड्याम खोल्न लागिएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए । ज्वरोको उपचार गर्न बाबु हरिप्रसाद मिश्रसँगै सोमबार मणिपाल अस्पताल आएका संगम सोही साँझ साढे ६ बजे अस्पतालबाट हराएका थिए ।

बाबु औषधी लिन बाहिर निस्किएका बेला संगम अस्पतालबाट भागेका थिए । खोजतलासका क्रममा प्रहरीले मणिपाल अस्पतालबाट नदिपुरतर्फ आउने झोलुङ्गे पुलको बीचमा संगमले लगाएको कपडा र उनको परिचयपत्र फेला पारेको थियो ।

उनी सेती नदीमा हामफालेको हुनसक्ने आशंकामा खोजतलास गर्न प्रहरीले ड्याम खोल्न लागेको हो । ड्याम खोलिने भएपछि सेती नदी वरपर सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

कमेन्टहरु