चाँदनी मुसहरको उद्धार, शिवा राय यादवलाई कार्बाहीको माग


बिनोद मण्डल
सिराहा । विवाहको नाटक र प्रेमको लालचा देखाएर मन भावनासँग खेलवाड गर्ने र ईज्जत लुटी जिन्दगी बर्बाद गर्ने उच्च जातको अहमता र घमण्ड गर्ने महापुरुषहरु नारी सिता मात्रै होइन काली बन्न पनि पछि पर्ने छैनन ।
प्रेम गर्दा जात नहेर्ने , शरीर लुट्दा जात नसोध्ने अनि स्वकार गर्नु पर्दा आफनै घरको गोठमा २० दिनसम्म बन्धक बनाइएकी एक किशोरीको उद्धार गरिएको छ ।
सर्लाही जिल्लाको विष्णु गाउँपालिका की दलित जातकी चादनी माझीलाई स्थानिय शिवा राय यादवले प्रेमको जालमा फसाएर बिहेको नाटक गरेर घरमा ल्याई गोठमा बन्धक बनाई करिब २० दिन राखेपछि घटना सार्वजनिक भएको थियो ।
घटना सार्वजनिक भएपछि प्रहरी , मानव अधिकार , र अधिकारकर्मीको पहलमा उदार गरिएको छ ।
चाँदनी अब सुरक्षित भएर कानुनी न्यायको लागि अगाडिको बाटो खुला भएको स्थानियको भनाई रहेको छ ।
समाजमा प्रेममा केटाको मात्र दोष हुँदैन युवतीको पनि दोष हुने गरेको पाइन्छ । कतिपय अवस्थामा प्रेमको नाटक गरेर जेट मान्छेलाई बर्बाद गर्ने चरित्रको पहिचान गरेर दोषी सबैलाई कानूनी दायरामा ल्याई हदै सम्मको औपचारिक कारवाही समाजमा जरुरी छ ।























