गण्डकी प्रदेश, दुर्घटना

बुटवलबाट लास लिएर देवघाट जाँदै गरेको बस नवलपुरमा ट्रकसँग ठोकियो, आठ जना घाइते

नवलपुर टुडे
२०८० मंसिर २८ | बिहान १०:०८ बजे

नवलपुर, मंसिर २८ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका- ९ जयश्रीपुल नजिकै ट्रक र बस आपसमा ठोक्किँदा आठ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ३ ख ३८६७ नम्बरको भुस लोड ट्रक र बुटवलबाट देवघाटको लागी लाससहित मलामी लिएर आउँदै गरेको लु १ ख ८८४६ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा बसमा सवार रुपन्देहीको कंचन गाउँपालिका- ३ का ४८ वर्षीय गंगादत्त ढकाल, ६० वर्षीय यम बहादुर थापा, ५७ वर्षीय बालकृण्ण न्युरे, ६१ वर्षीय धनपति सापकोटा, ६८ वर्षीय गौरी उपाध्याय, ६० वर्षीय युवराज शर्मा र बर्ष ३६ का दिपक अधिकारी घाइते भएका छन् । यस्तै ट्रक चालक नवलपुरको बुलिङटार गाउँपालिका- १ बस्ने २७ वर्षीय नर प्रसाद बिर्तापनि घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

कमेन्टहरु