देश

समाजसेवामा अग्रसर AP मसिह पार्टीका स्वंयसेवक समुह

जगत ठाडा मगर
२०७८ जेष्ठ १७ | बिहान ०९:०२ बजे

सोम नोर्बु शेर्पा-जेठ १७, काठमाडौं ।

आमूल परिवर्तन मसिह पार्टी नेपालको स्वंयसेवक समुहले खाना तथा खाद्यान्न राहत बितरण गरेको आज १८ औं दिन पुगेको छ। स्वंयसेवक समुहले विभिन्न बाल आश्रम, अस्पताल तथा सार्बजनिक स्थलहरुमा गरि करिब चार हजार भन्दा बढिलाई नियमित रुपमा बिहान र बेलुकिको खाना बितरण गरिरहेको छ,साथै आर्थिक रुपमा विपन्न ३०/३५ परिवारहरुलाई राहतस्वरुप चामल, दाल, खाने तेल लगायतका खाद्यान्न सामग्रीहरु राहतस्वरुप बितरण गरिँदै आएको छ ।

photo 2021 05 31 09 48 06 1

पार्टीका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताहरु र स्वदेश ‍तथा विदेशमा रहेका नेपाली
दाजु-भाइ तथा दिदी-बहिनीहरुको आर्थिक तथा भौतिक सहयोगमा सञ्चालित उक्त कार्यक्रम काठमाण्डौको बौधबाट संचालन भैरहेको छ।

photo 2021 05 31 09 48 10 1

लकडाउनको सुरुवात सङ्गै हजारौं मानिस सडकमा बिस्तापित भएका छन् । यो समयमा खाना खुवाउने कार्यक्रम विभिन्न सघंसस्थाको समुह ,कलाकारहरूको समूह,पत्रकारहरुको समुह साथै विभिन्न सामाजिक अभियान्ताहरुवाट भैरहेको छ। तर कुनै पनि राजनीतिक पार्टीबाट भने यो कार्यलाइ ध्यानाकर्षण नभएको बेला आमूल परिवर्तन मशिह पार्टीको स्वंयसेवक समुहले भने यो कार्य सुरुवात गरेका छन् ।

photo 2021 05 31 09 48 08 1

खाना तथा खाद्यान्न बितरण कार्यमा पार्टीका केन्द्रीय उप-कोषाध्यक्ष सोम नोर्बु शेर्पा र पार्टीका अर्का सदस्य श्याम बहादुर राईले संयोजन तथा स्वयंसेवा गरिरहनु भएको छ । दैनिकरुपमा आवश्यक सामग्री जुटाउनेदेखि खाना पकाउने, प्याकिङ्ग गर्ने र सुरक्षा सतर्कता अपनाउँदै निश्चित स्थानसम्म पुर्याइदिने कामसम्म उनिहरुले नै गरिरहेका छन ।

photo 2021 05 31 09 48 13 1

यो अभियानमा सामग्री ढुवानीको लागि पार्टीका अध्यक्ष गिरिको निजि सवारी साधन र संयोजक शेर्पाको निजि मोटरसाइकललाई प्रयोग गर्दै आइरहेका छन् ।आफूहरुले सञ्चालन गरेको कार्यक्रमका कारण हालसम्म हजारौं मानिसहरुले राहत महसुस गरेका र आगामी दिनमा पनि निरन्तर रुपमा लागि पर्ने संयोजक शेर्पाले बताए ।

photo 2021 05 31 09 48 05 1

देशमा कोरोना महामारीका कारण निशेधाज्ञा जारी भइरहँदा ज्याला-मजदुरी गरेर छाक टार्ने श्रमिक, शारिरिक रुपमा असक्त, असहाय तथा आर्थिक रुपमा बिपन्न व्यक्ति तथा परिवारहरुले समस्या झेल्नुपरेको अवस्थामा आफूहरुले जनताको समस्यामा सामेल हुँदै खाना तथा राहतस्वरुप खाद्यान्न बितरण कार्यक्रम सञ्चालन् गरेको पार्टीका केन्द्रिय उप-सचिव तुलसि प्रसाद श्रेष्ठ “ध्रुब”लाई उद्रित गर्दै संयोजक शेर्पाले टेलिफोन मार्फत बताए ।

photo 2021 05 31 09 48 12 1

कमेन्टहरु