समाचार

आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

जगत ठाडा मगर
२०८० मंसिर २६ | मध्यान्ह ०६:०८ बजे

काठमाडौं, मंसिर २६ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसँग राजीनामा बुझाएको बताएका छन् । 

२०७८ फागुन २६ गते तीन वर्षे कार्यवधिको लागि थानीले नियुक्ति पाएका थिए । उनले एक वर्ष नौ महिनामा नै पदबाट राजीनामा दिएका हुन् । 

थानीले भोलि (बुधबार) देखि लागू हुने गरी राजीनामा बुझाएको उद्योग मन्त्रीको सचिवालयले जनाएको छ ।

‘४ बजे राजीनामा बुझाएर जानुभयो, मेरो व्यक्तिगत कारणले राजीनामा दिएको भन्नु भएको छ,’ सचिवालयका एक अधिकारीले भने ।

 

 

 

 

 

 

 

 

कमेन्टहरु