पश्चिम नवलपरासीमा एकैदिन एक सय ४ जना कोरोना संक्रमण मुक्त, ३२ जना थपिए, एकको मृत्यु


नवलपरासी / पश्चिम नवलपरासीमा आइतबार एकैदिन एक सय ४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै जिल्लामा संक्रमण मुक्त हुनेको संङ्ख्या एक हजार २ सय ८६ पुगेको छ । यस्तै जिल्लामा आइतबार ३२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये पुरुष १९ जना र महिला १३ जना छन् । पिसिआर परिक्षणबाट २३ जना र एन्टिजिन परिक्षणबाट ९ जनामा संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बर्दघाट नगरपालिकामा १६ जना, रामग्राम र सुनवलमा ५÷५ जना, सुस्ता गाउँपालिकामा ४ जना, पाल्हीनन्दन गाउँपालिकामा २ जना संक्रमित थपिएका छन् । आइतबार थपिएकासँगै जिल्लामा कोरोना संक्रमित हुनेको संङ्ख्या ४ हजार ७२ पुगेको छ । अब पश्चिम नवलपरासीमा कोरोनाका संक्रिय संक्रमितको संङ्ख्या एक हजार २ सय ८६ जना रहेका छन् ।
यसैविच पश्चिम नवलपरासीमा आइतबार एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनवल नगरपालिका वडा नम्बर ३ की ८३ वर्षीय वृद्धाको सुनवल आइसोलेशन सेन्टरमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । आइतबार एक जना संक्रमितको मृत्यु भएसँगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संङ्ख्या एक सय ३१ पुगेको छ ।
पश्चिम नवलपरासीमा रहेका आइसोलेसनमा २७ जना कोरोनाका विरामी उपचाररत छन् । जसमध्ये बर्दघाटमा १७ जना, पृथ्वी चन्द्र अस्पताल परासीमा ६ जना, सुनवलमा २ जना र सुस्तामा २ जना विरामी उपचाररत रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।























