ललितपुरको झम्सीखेलमा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

जगत ठाडा मगर
२०८० मंसिर २६ | मध्यान्ह ०२:०८ बजे

काठमाण्डाै, मंसिर २६ । ललितपुरको झम्सीखेलबाट प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले गोली प्रहार गरेर झम्सीखेलबाट उदयपुर घर भएका ४५ वर्षका अविनाश राईलाई नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार राईको साथबाट आइस ड्रग ४९० ग्राम बरामद भएको छ ।
खुट्टामा गोली लागेका राईलाई उपचारका लागि ट्रमा अस्पताल लगिएको छ । राईको साथबाट कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।























