रामग्राम स्तूपको पुनः स्थापनाका लागि प्रधानमन्त्री प्रचण्डद्वारा दूरदर्शी परियोजनाको शुभारम्भ

जगत ठाडा मगर
२०८० मंसिर २६ | मध्यान्ह १२:०८ बजे

बुटवल, मंसिर २६ । पश्चिम नवलपरासीको रामग्राम स्तूपमा पुष्पकमल दाहाल प्रचण्ड आएका छन् । स्तूप क्षेत्रको पुनः स्थापनाका लागि दूरदर्शी परियोजनाको शुभारम्भ गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नवलपरासी आएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड यहाँ करिब २ घण्टा बस्ने छन् । उनले लुम्बिनी विकास कोषको नेतृत्वमा तथा रामग्राम नगरपालिका, थाई विहार र द प्रोमिस ल्यान्ड नामक संस्थाको आयोजनामा रामग्राम स्तूप क्षेत्रको पुनर्स्थापना, संरक्षण र विकासका लागि दूरदर्शी परियोजनाको शुभारम्भ गर्ने छन् ।
नवलपरासी (पश्चिम) स्थित रामग्राम स्तूपमा यो परियोजनाले थप प्रचारप्रसार र लगानी पनि वृद्धि हुने अपेक्षा गरिएको छ ।























