देश

निको युगान्तकारी आर्थिक सहकारी मंचद्वारा बिगु गाउँपालिका – ८ मा स्वास्थ सामाग्री सहयोग

जगत ठाडा मगर
२०७८ जेष्ठ १६ | मध्यान्ह ०८:०२ बजे

दोल्खा । विश्व कोभिड -१९ को महामारीमा दुबिरहेको अबस्थामा नागरिकको सुरक्षा राज्यले गर्नु पर्ने अबस्थामा, नेपालमा भने विभिन्न दातृनिकाय र सहयोगी संघसंस्थाहरुको भरमा नागरिक ज्यानको सुरक्षा गर्न बाध्य भएका छन ।

त्यस्तै चिन्ता प्रबासमा रहेको नेपाली दाजुभाईहरुलाई छन । कसरी आफ्नो समुदाय र आफन्तलाई कोभिड – १९ बाट जोगाऔं भन्ने । यहि अबस्थामा प्रबासमा रहेका नेपाली दाजुभाईहरुले आ-आफ्नो समुदायलाई कोभिड -१९ बाट बचाउन प्रबासमा रहेर पनि सहयोग गरिरहेका छन ।

यस्तै उदाहरणीय काम निको युगान्तकारी आर्थिक सहकारी मन्चले दोल्खा जिल्ला, बिगु गाउँपालिका – ८ थामी चगु कोलेपा वडा :१/२ का प्रबासमा बस्ने युबाहरुले गरेका छन ।

उक्त सहकारी सस्थाका सक्रिय युबाहरुले प्रबासबाट पनि गाउँमा कोरोनाबाट बच्नका लागि माक्स, साबुन र सेनिटाइजर बिगु गाउँपालिका -८ थामी चगु कोलेपाका
स्थानियहरुलाई सहयोग गरेको जानकारी सस्थाको सयोज सन्तोष ठान्टिले बताउनु भयो ।

निको युगान्तकारी आर्थिक सहकारी मन्च दोल्खा जिल्लाबाट प्रबासमा रहेका युबाहरुद्वारा सचालित सामाजिक संस्था हो ।

कमेन्टहरु