समाचार

पाल्पाबाट १ किलो गाँजासहित एक युवक पक्राउ

टोप कामु मगर
२०८० मंसिर २५ | मध्यान्ह ०६:०८ बजे

पाल्पा, मंसिर २५ । पाल्पाबाट १ किलो गाँजासहित एक युवक पक्राउ परेका छन् ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ७ जोगदमारबाट एक किलो गाँजासहित रूपन्देही सैनामैना नगरपालिका–९ का २२ वर्षीय दिपक सुनार पक्राउ परेका हुन् ।

उनलाई अस्थायी प्रहरी पोष्ट बेलबासबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सुनारमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

कमेन्टहरु