मेनुकाले भारतीय फिल्म ‘सलार’ मा गीत गाउने अवसर पाइन

नवलपुर टुडे
२०८० मंसिर २५ | बिहान ११:०८ बजे

काठमाडौँ, मंसिर २५ । नेपालकी मेनुका पौडेलले भारतीय फिल्ममा गीत गाउने मौका पाएकी छिन् । ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी मेनुकाले प्रतीक्षित भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका पाएकी हुन् ।
मेनुका स्वयमले आइतबार राती प्रसारित इण्डियन आइडलको पछिल्लो एपिसोडमा यो जानकारी दिएकी हुन् । सालार’ फिल्मका संगीतकार रवि बसरुरको संगीतमा आफूले गीत गाउने मौका पाएको जानकारी गराएकी छन् ।


















