भौतिक संरचना र पूर्वाधार डुबान, आपतमा स्थानीय


कृष्ण गिरी
नवलपरासी । देश हरेक किसिमका संकटबाट गुज्रिरहेको अवस्थामा पूर्वीय वायु अर्थात् चक्रबातले गर्दा आम जीवन कष्टकर र बेमौसमी वर्षाको कारण जलमग्न देशका अधिकांश भाग यतिबेला मानिसहरू कष्टमय जीवन व्यतीत गर्न विवस भएका छन् ।

एकातिर कोरोना अर्कोतिर प्राकृतिक विपति सबै जनतामाथि हैकम जमाउन तयार भएको अवस्थामा राहतको लागि त्राही त्राही त्राही माम भएको बखत वर्षेनी हुने कटानको जोखिममा रहेका बस्तीहरुमा यतिबेला हिलो र पानीको कारण सामान्य विराम हुँदापनि अकालमा मृत्यु रोज्न विवस हुनुपर्ने अवस्था नवलपरासी रामग्राम नगरपालिकाको वडा नं ६ को रामखण्डा पुलको भाग्नबेश , प्रतापपुर गाउँपालिका वडा नं २ जमुनाबारी सडखण्ड, सरावल २ मधबलिया लगायत पाल्हिनन्दन २ हरपुरको सडकमा हिलाम्य बाटोबाट परिणत भएको छ ।

जनप्रतिनिधि नहुँदा सरकारको दोष लगाउने बानी परेका स्थानिय नेताहरुको आफ्नै स्थानिय सरकार गठन भएको वर्तमान समयमा अाम जनतालाई दुःख दिने अनि ढाँटेर बजेट पास गराउन तत्पर नेताको र स्थानिय निकायको गैरजिम्मेवारी दोहोरो चरित्रको कारण स्थानीय विकासले गति लिन नसकेको यस दुःखद घडीमा वास्तविक अवस्थाको बारेमा गम्भीर नभए बर्षा याममा थप सङ्कट सिर्जना हुने निस्क्षित देखिएकोले तत्काल गंभीर भएर स्थानिय सरोकारवाला निकायले तत्काल ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता देखिएको हो ।
























