उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

नवलपुर टुडे
२०८० मंसिर २४ | मध्यान्ह ०१:०८ बजे

काठमाडौं, मङ्सिर २४ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उहाँका निजी चिकित्सक डा.सुरज बज्राचार्यका अनुसार उहाँलाई आइतबार अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको डा. बज्राचार्यले जानकारी दिनुभयो । डा. बज्राचार्यले भन्नुभयो, “आज उहाँलाई डिस्चार्ज गरिएको छ । अहिले उहाँको स्वास्थ्य स्थिति सामान्य छ । केही दिन आराम गरेपछि उहाँ नियमित काममा फर्किन सक्नुहुन्छ ।”
उहाँलाई गत मङ्गलबार राति छातीमा असहज महसुस भएपछि शहीद गङ्गालाल हृदयरोग केन्द्रमा लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको थियो । सचिवालयका अनुसार यसअघि चीन भ्रमणको क्रममा उहाँको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको थियो ।





















