दुर्घटना, बागमती प्रदेश

चितवनको खैरहनीमा विजुलीको पोलमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु, एक जना घाइते

नवलपुर टुडे
२०८० मंसिर २४ | बिहान ०८:०८ बजे

चितवन, मंसिर २४ । चितवनको खैरहनी नगरपालिका–१० सिद्धार्थ चोकस्थित भित्री सडक खण्डमा विजुलीको पोलमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मोटरसाइकल पछाडि सवार एक जना घाइते भएका छन् । मृत्यु हुनेमा खैरहनी–२ कासिगाउँ बस्ने २५ वर्षीय मनिष भट्टराई रहेका छन् भने घाइते हुनेमा ज्यामिरेका २४ वर्षीय सचिन साह रहेका छन् । साहको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

शनिवार साँझ ६ः२० बजेको समयमा राप्ती ड्याक साइडबाट पर्सातर्फ जाँदै गरेको ना ३४ प ९९९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किन पुगेको थियो ।

पोलमा ठोक्किएर घाइते भएका भट्टराई र साहलाई उपचारको लागि पुरानो मेडिकल कलेज पठाइएको थियो । भट्टराईको उपचारको क्रममा शनिबार राति ७ः५५ बजे मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

 
 

कमेन्टहरु