महान्यायाधिवक्ता बडालले इजलासमै अधिवक्ताहरुलाई धम्क्याए

नवलपुर टुडे
२०७८ जेष्ठ १६ | मध्यान्ह ०१:०२ बजे

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले अधिवक्ताहरुलाई धम्क्याएका छन् ।
संसद् विघटन सम्बन्धी मुद्दामा बहस गर्ने अधिवक्ताहरुले सीमा नाघेको भन्दै उनीहरूलाई के गर्नुपर्छ भन्ने आफूलाई थाहा रहेको भन्दै धम्की दिएका छन् ।
“वरिष्ठ अधिवक्ताले मिडिया मुभमेन्ट गर्नुपर्छ भन्नुभयो, निर्णय गर्नुभयो, वरिष्ठहरु मिडिया परिचालित गर्दै हुनुहुन्छ ।
म नेपाल राज्यको महान्यायाधिवक्ता मात्रै होइन, बार काउन्सिलको अध्यक्ष पनि हो । महान्यायाधिवक्ताले भन्न पाउँदैनस् भन्ने ? मैले सहेको छु । सीमा नाघियो ।
म काउन्सिलको अध्यक्षको हैसियतमा वरिष्ठदेखि अधिवक्ताहरुलाई के गर्नुपर्छ मैले जानेको छु ।”
उनले यसो भनेपछि न्यायाधीश आनन्दमोहन भट्टराईले इजलासबाहिर गएर कारबाही गर्न र यहाँ सम्हालिएर बहस गर्न सुझाव दिएका थिए ।























