स्वास्थ्य

केएमसीमा विश्वकै दुर्लभ क्यान्सरको बिना चिरफार सफल उपचार

जगत ठाडा मगर
२०८० मंसिर २३ | मध्यान्ह ०५:०८ बजे

काठमाडौँ, मंसिर २३ । काठमाडौँ मेडिकल कलेजमा विश्वकै दुर्लभ क्यान्सरको बिना चिरफार सफल उपचार गरिएको छ । काठमाडौँको कपनका ४९ वर्षीय दावा शेर्पाको कलेजोमा रहेको एक सेन्टिमिटर भन्दा सानो क्यान्सरको सेल नष्ट गरिएको हो ।

बिरामी शेर्पाको रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट सफलतापूर्वक विश्वकै सानो दुर्लभ क्यान्सरको उपचार गरिएको केएमसीका इन्टरभेनसन रेडियोलोजी विशेषज्ञ डा.पंकज काफ्लेले जानकारी दिए । एक सेन्टिमिटरभन्दा सानो क्यान्सर पत्ता लगाएर बिना चिरफार सफलतापूर्वक नष्ट गरिएको यो विश्वमै दुर्लभ केस भएको डा.काफ्ले बताउँछन् । नेपालमा पहिलो पटक यस्तो केसको सफलतापूर्वक उपचार गरिएको उनको दाबी छ ।

केएमसीका कलेजो रोग विशेषज्ञ डा. शेखर पौडेल र डा.काफ्लेसहितको टोलीले क्यान्सर सेल नस्ट गरेका हुन् । अहिले बिरामीको स्वास्थ्य अवस्था सामान्य छ । रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट बिना चिरफार क्यान्सर नष्ट गरिएको हो । यो प्रविधिबाट बिना चिरफार, कडा औषधी र रेडियोथेरापी प्रयोग नगरी सहज रूपमा ट्युमरलाई नष्ट गर्न सकिने चिकित्सकहरूको भनाई छ ।

कमेन्टहरु