नवलपुरको ज्यामिरेबाट बिना बिल भरपाईको २३ बोरा युरिया बरामद

नवलपुर टुडे
२०८० मंसिर २२ | बिहान ११:०८ बजे

नवलपुर, मंसिर २२ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका – २ ज्यामिरेबाट प्रहरीले २३ बोरा युरिया मल बरामद गरेको छ ।
प्रहरी हवल्दार राजकुमार खत्रीको कमाण्डमा खटिएको ४ जनाको टोलीले बिहीबार साँझ करिब ७ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ६७४७ नम्बरको बसलाई चेकजाँच गर्दा बसको डिक्किमा विना बिल भरपाईको २३ बोरा युरिया मल फेला पारेको हो ।
उक्त मलको अन्दाजी मूल्य रु. ४६,५७५ रहेको प्रहरीले जनाएको छ । मल ईलाका प्रहरी कार्यालय दुम्किबासमा राखिएको प्रहरीको भनाइ छ ।























