समाचार

काठमाडौं महानगरभित्र प्लास्टिकका क्रिसमस-ट्री राख्न निषेध

जगत ठाडा मगर
२०८० मंसिर २१ | मध्यान्ह ०६:०८ बजे

काठमाडौं, मंसिर २१ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका क्रिसमस-ट्री राख्न निषेध गरेको छ । बिहीबार महानगरपालिकाले महानगर क्षेत्रभित्र कुनै पनि प्लास्टिकका क्रिसमस-ट्री सजावट गरी वा बिक्री वितरण गरेको पाए जफत गर्ने जानकारी दिएको हो ।

अहिले विभिन्न सपिङ मलमा प्लास्टिकका क्रिसमस-ट्री राखेर सजावट गरेको पाइएको महानगर प्रहरी बलका नगर प्रहरी उपरीक्षक विष्णु जोशीले जानकारी दिए । ‘पहिले दसैंतिहार लक्षित अनुगमन गर्दा महानगरले प्लास्टिकका फूलमाला प्रयोग गर्न नपाइने भनेको थियो,’ उनले भने, ‘अहिले पनि प्लास्टिकका सामग्री प्रयोग गरी सजावट गर्न पाइँदैन ।’

यस्तै, प्लास्टिकका कुनै स-सामान प्रयोग गरी सरसजावट गरेको पाइए उक्त सामान जफत गरिने उनले बताए । प्लास्टिकका स-सामान प्रयोग गर्नुको सट्टा बत्ती प्रयोग गरी वा सक्कल बिरूवा प्रयोग गरी सर-सजावट गर्न जोशीले अनुरोध गरेका छन् । यस्तै सजावटका सामग्री पनि प्लास्टिकजन्य प्रयोग गर्न नपाइने उनले बताए । 

कमेन्टहरु