समाचार

गोरखामा एक महिलाको शव फेला

जगत ठाडा मगर
२०८० मंसिर २१ | मध्यान्ह ०५:०८ बजे

काठमाडौं, मंसिर २१ । गोरखामा एक जना महिलाको शव फेला परेको छ ।

पालुङटार नगरपालिका वडा नं ६ कुमालटारीस्थित गोरेटो बाटोमा बिहीबार एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । गोरेटोको छेउमा करिब २५ वर्षीया महिलाको शव फेला परेको हो ।

शवको सनाखत नभएकोले गोरखा प्रहरीले फेसबुकमा तस्बिर सार्वजनिक गरेको छ । शव रातो ब्ल्यांकेटले बेरेको अवस्था फेला परेको प्रहरीले जनाएको छ । 

कमेन्टहरु