देश

१४ औं गणतन्त्र दिवसको अवसरमा मौलाना मसहूद र अल्कुफीद्वारा शुभकामना व्यक्त

नवलपुर टुडे
२०७८ जेष्ठ १५ | मध्यान्ह ०६:०२ बजे

कृष्णनगर । आज नेपालमा गणतन्त्र स्थापना भएको दिन । लोकतान्त्रिक आन्दोनलको उत्कर्षको दिनको रुपमा लिइन्छ जेठ १५ लाई, लाखौं जनताको सहभागिता र हजारौं जनताको वलिदानी संघर्षबाटै नेपालमा गणतन्त्र स्थापना भयो ।

आज पर्न गएको गणतन्त्र दिवसको अवसरमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा : अब्दुल गनि अल्कुफी , उपाध्यक्ष शैक जैस मक्की, मदरसा
बोर्ड लुम्बिनी प्रदेशका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, नेेकपा कृष्णनगर नगरपालिका नगर अध्यक्ष जावेद आलम खां लेे १४ औं गणतन्त्र दिवसको असवरमा सम्पूर्ण नेपाली दाजु भाई तथा दिदिवहिनीहरुमा सुखः शान्ति संमृद्धि र सुशासनकोे हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

साथै मौलाना मसहूद खां नेपालीले १४औं गणतन्त्र दिवसको परिवेश यसवर्ष केहि विशेष अनि धेरै आशालाग्दो हुने विस्वास व्यक्त गरे । एकता अनि देशप्रेमको भावलाई स्खलित हुन नदिई सगरमाथाको देशले चाल्ने पाईलाहरु कठिन पक्कै छन तथापि नेपालीजनको देश प्रेम अनि बिकासको उत्कट चाहना संगै समग्र रुपमा नयाँ नेपालको सपना साकार हुने विस्वास व्यक्त गर्दै विपन्न, अल्पसंख्यक लगायत अन्यले गणतन्त्र पूर्ण रुपमा अनुभुति नपाएको गुनासो पोखेका छन् ।

कमेन्टहरु