नवलपुरमा कुटपिट गरेको आरोपमा दुई युवक पक्राउ


नवलपुर, मंसिर २० । नवलपुरको देवचुली नगरपालिका – १५ प्रगतिनगरस्थित सो ह्वाईट फेन्सी पसलका साहुलाई कुटपिट गर्ने दुई युवक पक्राउ परेका छन् ।
पसलको साहु ५८ वर्षीय तुल्सीराम भट्टलाई अपशब्द प्रयोग गरेको भनि कुटपिट गर्ने सोही ठाँउका १८ वर्षीय सुजन सुनार र आयुष सुनारलाई बुधबार दिउँसो पक्राउ गरेको नवलपुर प्रहरीले जनाएको छ ।
कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रजहरबाट प्रहरी सहायक निरीक्षक कृष्णमान चौधरीको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कावासोती पठाईएको छ ।
युवकहरुको कुटपिटबाट भट्टको मुखमा चोट लागेको थियो । उनको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाईएकोमा उपचार पश्चात साँझ ७ बजेतिर डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी बेद बहादुए पौडेलले जानकारी दिनुभएको छ ।
घटना बारे थप अनुसन्धान भैरहेको पौडेलले बताए ।























