विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा एकको मृत्यु, चार जना घाइते

जगत ठाडा मगर
२०८० मंसिर २० | मध्यान्ह ०४:०८ बजे

विराटनगर, मंसिर २० । विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
विराटनगरको सात घुम्ती चोकमा रहेको कवाडी गोदाममा एक्कासी आगलागी हुँदा विराटनगर – ७ का ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको हो । उनको न्यूरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
यस्तै आगलागीमा परी घाइते भएका अन्य ४ मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जन दाहालले जानकारी दिए ।
गम्भीर घाइते भएका ३ जनाको न्यूरो अस्पतालमा र सामान्य घाइते भएका एकको कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।























