निषेधाज्ञा अबधीको घर भाडा ५० प्रतिशत छुट

नवलपुर टुडे
२०७८ जेष्ठ १५ | मध्यान्ह ०६:०२ बजे

काठमाडौं । ओली सरकारको आगामी बजेट पपुलिस्ट बनेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै लोकप्रिय कार्यक्रमहरु घोषणा गरेका छन् ।
सरकारले घर भाडामा लिएर उद्योग सञ्चालन गरेका उद्योगीहरुलाई निषेधाज्ञाको समयमा ५० प्रतिशत भाडा छुटको व्यवस्था गर्ने भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी, निजी र सहकारीका भावनमा सञ्चालन भएका उद्योगहरुले निषेधाज्ञा समयअवधिभर ५० प्रतिशत भाडा छुट पाउने जानकारी दिए ।


















