समाचार

अर्थमन्त्री महतद्वारा नवलपुरको अमरावतीमा रेड बुल उद्योग उद्घाटन

जगत ठाडा मगर
२०८० मंसिर १९ | मध्यान्ह १२:०८ बजे

नवलपुर, मंसिर १९ । नवलपुरको अमरावतीमा रेड बुल उद्योग स्थापना भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले मंगलबार एक कार्यक्रमबिच उद्योगको औपचारिक उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले सरकारले इन्धन खपत कम गरेर अर्थतन्त्रलाई सबल बनाउने काममा सरकार लागि रहेको दाबी गरे । ‘इन्धन आयत कम गर्न वैकल्पिक ऊर्जाको प्रयोग गरिन्छ, सरकारले त्यसको वातावरण बनाउँछ’,मन्त्री महतको भनाइ छ । पर्यटन क्षेत्रलाई प्रोत्साहन गर्दै निजी क्षेत्रलाई लगानी गर्ने र उत्पादन वृद्धि गर्ने योजना सरकारले बनाएको उनको भनाई छ ।

कृषि क्षेत्रमा आधुनिक प्रविधि प्रयोग गरी नगदेवाली तथा पकेट क्षेत्रमा आधारित उद्यमलाई प्रोत्साहनतर्फ सरकारको ध्यान गएको भन्दै मन्त्री महतले लगानी वृद्धि गर्न सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारी गरेको बताए ।

सरकारले आयातलाई प्रतिबन्ध लगाउँदा देशमा लगानी भित्रिएको दाबी गरेका मन्त्री महतले अन्तर्राष्ट्रिय स्तरको ब्राण्डको नेपालमा उद्योग स्थापनाले देशको अर्थतन्त्रसँगै स्थानीय तह र नागरिकहरूमा समेत प्रभाव पर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा टीपीसी थाइल्यान्डका सीईओ कुङ सरवोत योविध्याया, बागामती प्रदेश सभा सदस्य माया श्रेष्ठ, सरस वेभरेजका सिइको पवन जगतिया, अर्थ मन्त्रालयका सचिव मुकुन्द निरौलाको उपस्थित रहेको थियो ।

कम्पनीले जर्मन स्विस टेक्नोलोजीको प्रयोगबाट पूर्ण स्वचालित सिस्टम जडित उद्योग भएको जानकारी दिएको छ । सोलार पावरबाट विद्युत् खपत कम हुने गरि उत्पादन गरिने पनि कम्पनीको भनाई छ ।

photo 2023 12 05 12 41 02 photo 2023 12 05 12 41 03 photo 2023 12 05 12 41 04 photo 2023 12 05 12 41 05 photo 2023 12 05 12 41 07

कमेन्टहरु