अपराध, बागमती प्रदेश

काभ्रेपलाञ्चोकबाट प्रहरीलाई घुस दिन खोज्ने एक पक्राउ

जगत ठाडा मगर
२०८० मंसिर १८ | मध्यान्ह ०४:०८ बजे

काभ्रेपलाञ्चोक, मङ्सिर १८ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले ड्युटीमा रहेको प्रहरीलाई घुस दिन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले बिपी राजमार्गअन्तर्गत जिल्लाको धुलिखेल नगरपालिका–११ अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङमा सवारी चेकजाँच गर्ने क्रममा प्रहरीले चालक अनुमति पत्र (लाइसेन्स) माग्ने क्रममा ब्लु बुकभित्र एक हजार रुपियाँ राखी प्रलोभनमा पार्ने खोजेको आरोपमा जिल्लाको रोशी गाउँपालिका– ८ बस्ने ५९ वर्षका सानुकान्छा तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

अस्थायी प्रहरी पोस्ट काभ्रेभन्ज्याङ र ट्राफिक प्रहरीको संयुक्त सवारी चेकजाँच गर्ने क्रममा काठमाडौँबाट भकुण्डेतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३७ प ०९९७ नम्बरको स्कुटर चेकिङ गर्ने क्रममा लाइसेन्स माग्दा तामाङले ब्लुबुकभित्र एक हजार राखी प्रलोभनमा पार्न खोज्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तामाङमाथि जिल्ला प्रशासन कार्यालय काभ्रेबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु