महन्थसहित ४ नेतालाई उपेन्द्रले सोधे स्पष्टीकरण : २४ घण्टाभित्र जवाफ नआए पार्टीबाट निष्कासन गरिने

नवलपुर टुडे
२०७८ जेष्ठ १५ | मध्यान्ह ०२:०२ बजे

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई दोस्रो पटक स्पष्टीकरण सोधेका छन ।

शनिबार अर्का अध्यक्ष ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई छुट्टाछुट्टै पत्र पठाउँदै स्पष्टीकरण सोधिएको हो ।
पत्रमा २४ घण्टाभित्र स्पष्टीकरण दिनका लागि भनिएको छ । सो समयमा जबाफ नआए पार्टीबाट निष्कासन गरिने बताएका छन ।























