गण्डकी प्रदेश, घटना

एक हप्तादेखि बेपत्ता रहेका पाल्पा सिलुवाका सन्तोष पन्थी तनहुँको खैरेनी घाटमा मृत फेला

नवलपुर टुडे
२०८० मंसिर १६ | बिहान ०६:०८ बजे

पाल्पा, मंसिर १६ । गत मंसिर ९ गतेदेखि बेपत्ता रहेका पाल्पाका सन्तोष पन्थी तनहुँको खैरेनी घाटमा मृत फेला परेका छन् ।

पूर्वखोला गाउँपालिका वडा नं. १ सिलुवा स्थाई घर भई रामपुर नगरपालिका वडा नं. ७ किसानबारी बस्दै आएका २२ बर्षिय पन्थी शुक्रबार दिउँसो तनहुँको घिरिङ गाउँपालिका वडा नं. १ को गडौलीटार स्थित काली गण्डकी किनार खैरेनी घाटमा मृत अवस्थामा फेला परेका हुन् । उनको शव नदी किनारमा तैरि राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पन्थीको शव मुचुल्का उठाई पोस्टमार्टमका लागि रामपुर अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु