गण्डकी प्रदेश

जिल्ला प्रहरी कार्यालय मुस्ताङको आयोजनामा सचेतना कार्यक्रम सम्पन्न

जगत ठाडा मगर
२०८० मंसिर १३ | मध्यान्ह ०६:०८ बजे

मुस्ताङ, मंसिर १३ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको आयोजनामा सामुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत सचेतना कार्यक्रम सम्पन्न भएको छ । बुधबार दिउँसो २:१५ बजेदेखि ३:४० बजेसम्म थासाङ गाउँपालिका- १ टुकुचेस्थित श्री योगेन्द्र माध्यमिक विद्यालयको सभा हलमा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम योगेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक गोबिन्द प्रसाद श्रेष्ठको अध्यक्षतामा सोही विद्यालयका शिक्षक, शिक्षिका र कक्षा ९ देखि कक्षा १२ मा अध्ययनरत गर्ने विद्यार्थी गरी जम्मा ५५ जनाको सहभागितामा रहेको थियो ।

कार्यक्रममा सहभागीहरुलाई लागु औषध तथा ट्राफिक सचेतना सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिईएको थियो । सो कार्यक्रमको प्रस्तुतिकरण (प्रशिक्षण) जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) भोजराज पाण्डेयले गर्नुभएको थियो ।

photo 2023 11 29 18 26 19

कार्यक्रममा लागू औषध भनेको के हो ? यसको कुलतबाट बच्न के कस्ता उपायहरु अबलम्बन गर्न सकिन्छ ? र लागू औषध नियन्त्रण ऐन २०३३ मा भएको कानूनी ब्यबस्था लगायतका बिषयमा प्रशिक्षणको माध्यमद्वारा जानकारी गराउनुभएको थियो ।

photo 2023 11 29 18 26 14

उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलन बहादुर बि.क.ले संचालन गर्नुभएको थियो ।

कार्यक्रम पश्चात लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आधारमा तय गरिएको अन्तर्राष्ट्रिय नारा “UNITE INVEST TO PREVENT VIOLENCE AGAINST WOMAN & GIRLS” तथा“ लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ घरेलु हिंसा र जबरजस्ती करणी विरुद्ध तयार गरिएको पर्चा पढिबाची सुनाई सहभागिहरुलाई वितरण गरिएको थियो ।

कमेन्टहरु