सिराहाका प्रमुख जिल्ला अधिकारीद्धारा भौतिक पूर्वाधारकाे स्थलगत निरीक्षणमा


बिनोद मण्डल
सिराहा । बदलिँदो मौषमको प्रभाव सँगै मनसुन पुर्व सिराहा धनुषा जिल्लाको नाकाको रूपमा रहेको कमला नदीको पूर्वी तटिय क्षेत्रमा कटान हुन नदिन र वर्षेनी कमला नदीको बाढीको चपेटामा रहेका बसबिट्टा समेतको प्रोटेक्सन गर्न हुलाकी सडकबाट बनाइँदै गरेको बाँध एवंम एक दशक देखि निर्माणाधीन धनुषा सिरहा जोड्ने बसविट्टा घाटको हुलाकी सडक आयोजना मातहतको पुल लगायतका भौतिक पूर्वाधारकाे सिरहा जिल्लाको प्रमूख जिल्ला अधिकारी प्रदीप राज कनेलले स्थलगत निरीक्षण गर्नुभएको हो ।

निर्माणधिन पुलको ४७० मीटर लम्बाई र १२ स्पानको संरचना तयार भइसकेको र अब मसिना काम सकिनासाथ २०७८ असार सम्म पुल सुचारु हुने अवस्था देखिएको प्रमूख जिल्ला अधिकारीले बताउनु भएको छ ।
विकास र जनताको हरेक किसिमका समस्या प्रती चिन्तित भई जिल्लामा सकारात्मक भूमिका निर्वाह गर्नुहुने सबै कामहरू प्रसंसनीय रहेको छ ।
























