ज्यालादारी मजदुरहरूलाई स्थानीय युवाद्वारा खाना बितरण

जगत ठाडा मगर
२०७८ जेष्ठ १५ | बिहान ११:०२ बजे

रंजित चौरसिय
पर्सा । बिरगंज महानगरपालिका वडा नम्बर १२ मुर्लीका सक्रिय युवा समुहले ज्यालादारी मजदुरी र कोठा भाडामा बसेका गरिब अति बिपन्न परिवारलाई खाना बितरण गरेका छन ।
बढ्दै गएको निशेधाज्ञाका कारण गरिब र अति बिपन्न परिवारलाई समस्या देखेपछि स्थानीय युवाहरू खाना बितरण कार्य सुरू गरेका हुन ।
आजदेखी सुरू गरेको खाना बितरण कार्य घर घरमै पुगि बितरण गरिएको स्थानीय अनिल ओझाले जानकारी दिनुभयो । आज पहिलो दिन १२५ पैकेट खाना बितरण गरिएको युवा ओझाले बताउनु भयो । उहाँले यसकार्यमा स्थानीय युवा प्रमोद मण्डल, अनिल महतो,सुरेन्द्र साह, नवल किशोर साह लगायतका युवा समुहले सहयोग गर्ने गरेको बताए ।
अगामी दिनमा पनि यस्तै सेवाको कार्यमा जुटि राख्ने स्थानीय युवाहरूले बताएका छन ।























