गण्डकी प्रदेश, दुर्घटना

तनहुँको घाँसीकुवामा बस दुर्घटना, ३६ जना घाइते

जगत ठाडा मगर
२०८० मंसिर १३ | बिहान ०८:०८ बजे
दमौली ।  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।
 
धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

घाइतेमध्ये केहीलाई पोखरा लैजाने तयारी भइरहेको छ । 

 

कमेन्टहरु