देश

तनहुँमा पहिरोले घर पुरिदा एक जना महिलाको मृत्यु

नवलपुर टुडे
२०७८ जेष्ठ १५ | बिहान १०:०२ बजे

दमौली । पहिरोले घर भत्किँदा तनहुँमा एक जनाको मृत्यु भएको छ । व्यास नगरपालिका–१, निर्मल नगरमा माथिबाट आएको पहिरोले घर भत्किँदा घाइते भएकी ६५ वर्षीया सरस्वती घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उनलाई उपचारका लागि दमौली लैजाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा ७ जनाको प्रहरी टोली खटाइएको छ ।

कमेन्टहरु