समाचार

धनुषामा परालले छोपेको अवस्थामा महिलाको शव फेला

जगत ठाडा मगर
२०८० मंसिर १२ | मध्यान्ह ०४:०८ बजे

जनकपुरधाम, मंसिर १२ । धनुषाको धनौजी गाउँपालिका- ४ भडरियास्थित आँप बगैंचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ ।

मंगलबार स्थानीयले अन्दाजी ३५ वर्षीया महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माको टोली पुगेको छ । घटनाको अनुसन्धानका लागि घटनास्थलमा तालिम प्राप्त कुकुरसहितको टोलीले गएको एसपी शर्माले जानकारी दिए ।

महिलाको ५/६ दिन अघि हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । शरीर सड्न थालेकाले पोष्टमर्टमपछि मात्रै थप कुरा खुल्ने एसपी शर्माले बताए ।

कमेन्टहरु