गण्डकी प्रदेश, राजनीति

देशमा अब कसैले चाहेर राजतन्त्र फर्किदैन : सभापति देउवा

नवलपुर टुडे
२०८० मंसिर ११ | मध्यान्ह ०३:०८ बजे
नवलपुरको प्रथम जिल्ला सम्मेलनमा सम्बोधन गर्नुहुँदै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा ।

कावासोती, मङसिर ११ गते । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताउनुभएको छ । देशमा अब राजतन्त्र नफर्किने उहाँको भनाइ छ । 

“गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन” सोमबार नेपाली काँग्रेस नवलपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “संविधान सभाले निर्णय गरेकाले अब राजतन्त्र फर्किदैन, सबै मिलेर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र मजबुत बनाउनु पर्छ ।” 

त्यस्तै, कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले देशमा भइरहेको राजनीतिक तरलतालाई समाधान गर्न नेपाली काङ्ग्रेस लाग्नुपर्ने बताउनुभयो । आफु सत्तामा हुँदा वा नहुँदा देश विकास गर्न सधै अगाडि बढ्नुपर्नै उहाँको भनाइ छ । उहाँले गण्डकी प्रदेशको विकासका लागि त्रिवेणी नाका खुलाइ आर्थिक गतिविधिमा चलायमान गराउने बताउनुुभयो । दुम्कीबासदेखि त्रिवणी नाकासम्म जाने बाटो आफ्नो कार्यकालमा खोल्ने प्रतिबद्धता जनाउनुभयो ।  

कमेन्टहरु