समाचार

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु

नवलपुर टुडे
२०८० मंसिर ११ | मध्यान्ह ०२:०८ बजे

महोत्तरी, मंसिर ११ । महोत्तरीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।

जलेश्वर नगरपालिका – १२ थरुवाहीस्थित मामाघर आएका धनुषाको जनकपुर उपमहानगरपालिका – ७ बस्ने रामेश्वर महतोको छोरा १५ वर्षीय रोहित महतोको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो ।

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइहेको प्रहरीको भनाइ छ ।

कमेन्टहरु