देश

माननीय दलबहादुर रानालाई झुटको राजनीति नगर्न, पाल्पाली युबाको चेतावनी

नवलपुर टुडे
२०७८ जेष्ठ १५ | बिहान ०७:०२ बजे

पाल्पा । कोभिड -१९ को माहामारीमा पाल्पा क्षेत्र नम्वरका माननीय दलबहादुर रानालाई पाल्पाकै युबाले यस्तो माहामारीमा पनि झुटको राजनीति गरेको भन्दै, चेतावनी दिएका छन ।

IMG 20210529 073354 252

उनले २०५१ सालपछि पाल्पा क्षेत्र नम्बर १ बाट निरन्तर आफ्नो पोल्टामा पारी त्यहाँको स्थानिय सिधा सोझा मगरहरुको भोटले सांसद देखि मन्त्री सम्म भैइसकेको माननीयले भ्रमित र लज्जाबोध बनाएको आरोप लगाएका छन ।

माननीय दलबहादुरलाई उनले २२ बर्षसम्ममा त्यहाँको स्थानीयलाई के बिकास दियो । पाल्पा क्षेत्र नं २ मा रहेको भुसलडाडा मिसन हस्पिटललाई ३ करोड बजेट पारे ६ करोड पारे भन्नलाई लाज लाग्दैन ? केन्द्रीय स्वास्थ मन्त्रालयबाट परेको बजेटलाई आफ्नो पहलमा पारेको भन्दै भ्रम छरेर लोकप्रियता कमाउन प्रयत्न नगर्न चेतावनी दिएका छन ।

२०४२ सालमा प्रजातन्त्र सेनानी अादरणिय स्वर्गिय टंक प्रसाद काफ्ले बुवाले ल्याएको सडकखण्ड अन्तर्गत पाल्पा जिल्लाको अार्यभन्ज्याङ्ग रामपुर सडकमा यात्रा गरेर सदैब राजनीति गर्ने नेताले ३१ बर्ष सम्म के गरे ? भन्दै, अब भने पुर्बी पाल्पाका मगर जनता अशिक्षित नरहेको उल्लेख गरेका छ्न । गुनबहादुर साठीघरे मगरको फेसबुकवालबाट ।

उनले आफ्नो सामाजिक संजाल फेसबुकमा यसरी लेखेका छन ।

कमेन्टहरु