बिद्यार्थीको भबिष्यमाथि स्कुलले गर्याे घात, भयाे सम्पर्क बिहिन


सञ्जय कालिकाेटे- जेठ १४, ललितपुर।
ललितपुर को लामाटार स्थित (सुभतारा स्कुल)ले अभिभावक लाई (मेल) गरेर अकस्मात बिद्यालय बन्द गरेको भन्दै अभिभावक आक्रोशित भएका छन । कोभीडको कारण देखाउदै यसरी अचानक बिद्यालय बन्द गरिनाले बिद्यार्थीको भबिस्यमा गम्भीर खेलबाड भएको छ । बिद्यार्थीका अभिभावक भन्छ्न, “ यो बीच को समय मा हामीले हाम्रा नानीहरुलाइ कता लैजाने र कसरी ब्यबस्थापन गर्ने भन्ने कुरा ले हामी चिन्तित भएको छौ । विद्यालयको लापरबाहीको बिरुद्धमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको होस भनी हामी जानकारी गराउदछौ ।”
सो विद्यालयमा पाठन गराउदै आएका एक अभिभावक भन्छन बिद्यालयले (पढाई शुल्क)को लागि र अन्य कुराहरुको निमित्त पहिला पटकपटक सम्पर्क गरेको तर बिद्यालय बन्द गर्ने जस्तो संवेदनशिल कुरामा कुनै जानकारी बिना नै चरम लापरबाही गरि नानीहरुको भबिस्य माथी नै खेलबाड हुने बाताबरण बनाइएको गुनासो सुनाइरहेका छ्न ।
विद्यार्थीको भविस्यसंग जोडिएको कुरालाई ध्यानमा नराखी अकस्मात् बन्द गरिएकोमा र बिद्यालयको लापरबाहीको विषय मा स्थानीय स्तर र नेपाल सरकार शिक्षा मन्त्रालयले तुरुन्त ध्यानाकर्षण गरेको होस भनी हाम्रो माग रहेको एक अभिभावकले हामिलाइ जानकारी गराएका छन ।























