चुनावकाे लागि सबै एकहुन प्रधानमन्त्रीकाे आग्रह

नवलपुर टुडे
२०७८ जेष्ठ १४ | मध्यान्ह ०६:०२ बजे

काठमाडौं, जेष्ठ १४। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दललाई चुनावका लागि सरकारमा आउन आव्हान गरेका छन् । शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै उनले विपक्षी दल र आफ्नै पार्टीका केही व्याक्तीले अमर्यादित, अस्वस्थ, अलोकतान्त्रिक र कीर्ते रुपमा हस्ताक्षर गराएर प्रधानमन्त्रीका लागि दावी गरेको जनाउँदै उनले यस कारण पनि मुलुक मध्यावधि निर्वाचनमा गएको बताए ।
उनले निर्वाचनमा भाग लिन सबै पक्षलाई आग्रह गर्दै संविधानबमोजिम आफ्नो नेतृत्वको राष्ट्रिय सरकार बनाएर निर्वाचनमा जान आफू तयार रहेको स्पष्ट गरे । संसदीय राजनीतिक प्रणालीका आधारमा आफूले प्रधानमन्त्रीमा गरेको दावी उपयुक्त भए पनि विश्वासको मत पाउने सक्ने आधार नदेखेपछि राष्ट्रपतिले दुवै पक्षको दावी अस्वीकार गरेको धारणा उनले राखे ।


















