पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न बिर्तामोडमा राजावादीहरुको भेला

जगत ठाडा मगर
२०८० मंसिर ९ | मध्यान्ह ०१:०८ बजे

काठमाडौँ, मंसिर ९ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज झापाको बिर्तामोडमा भव्य स्वागत गर्ने तयारी गरिएको छ ।
पञ्चकन्यास्थित इकम कलेज तथा पृथ्वी नारायण शाहको सालिक अनावरण गर्न झापा पुगेका शाहलाई आज राप्रपा तथा राजावादीहरुले स्वागत गर्न लागेका हुन् ।
कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह शुक्रबार नै झापा पुगिसकेका छन् । राप्रपाले पूर्व क्षेत्रबाट परिवर्तनको सन्देश आउने दाबी गर्दै कार्यक्रम भव्य हुने दाबी गर्दै आएको छ ।
पूर्व राजाको स्वागतमा कम्तीमा ३० हजार समर्थकलाई उतार्ने राजावादीहरुको भनाइ छ ।























