घटना, बागमती प्रदेश

चितवनमा बाघको आक्रमणबाट घाँस काट्न गएका पुरुषको मृत्यु

नवलपुर टुडे
२०८० मंसिर ९ | बिहान १०:०८ बजे

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका एक पुरुषको बाघको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका १, दुबीचौरका ४३ वर्षीय हरि पौडेलको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

मध्यवर्ती क्षेत्रमा पर्ने मनहरी गाउँपालिका ६ स्थित लोथर राप्ती दोवानमा  घाँस काट्न पुगेका उनलाई शुक्रबार बाघले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार अहिले बाघको अवस्था जाँच बुझको लागि टोलि खटिएको समेत बताए । हात्तीबाट बाघको खोजी गर्ने देखि क्यामेरा राखेर निगरानी गर्ने काम भएको तिवारीले बताए।

चितवन निकुञ्ज आसपासमा बाघले मान्छेमाथि आक्रमण गर्ने घटना बर्सेनि बढ्दै गएको छ । यो आर्थिक वर्षको साउनयता बाघले आक्रमण गर्दा निकुञ्ज आसपास तीन जनाको मृत्यु भइसकेको छ । पछिल्लो तथ्यांकले देशभरका वनक्षेत्रमा ३५५ बाघ भएको देखिन्छ । जस मध्ये चितवन निकुञ्ज र यस आसपासका वन क्षेत्रमा सबैभन्दा धेरै १२८ बाघ छन् ।

कमेन्टहरु