गण्डकी प्रदेश, घटना

नवलपुरको देवचुलीमा गैँडाको आक्रमणबाट एकजना घाईते

नवलपुर टुडे
२०८० मंसिर ९ | बिहान ०८:०८ बजे
फाइल तस्बिर

कावासोती । नवलपुरमा गैँडाको आक्रमणबाट एक जना पुरुष घाईते भएका छन । घाईते हुनेमा देवचुली नगरपालिका- ३ पिप्रहर वस्ने वर्ष ५० को कालीराम महत्तो रहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई शुक्रवार राती १०:५० बजेको समयमा आफ्नै घर (नजिक) बाहिर रहेको ट्वाईलेट जाने क्रममा अचानक गैंडाले आक्रमण गरी घाईते बनाएका हुन । उनको बायाँ हात र दुवै खुट्टामा चोट भएको छ ।

उनको हाल नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भैईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी बेद बहादुर पौडेलले जानकारी दिए ।

कमेन्टहरु