देश

कपिलवस्तुमा अबैध मलखाद बरामद

नवलपुर टुडे
२०७८ जेष्ठ १४ | मध्यान्ह ०६:०२ बजे

कपिलवस्तु । जिल्ला कपिलवस्तु जिल्लाकाे बुद्धभुमी नगरपालिका वडा न. १० चतरादेई स्थितमा भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याई लु १ ख ७६३९ नं को मिनि ट्रकमा मलखाद, लोड गरी बेवारिसे अवस्थामा प्रहरीले नियन्त्रण मा लिएरकाे छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा बेवारिसे अवस्थामा रहेको लु १ ख ७६३९ नं को मिनी ट्रक चेकजाँच गर्दा ५० के.जी तौल भएको ९० बोरा मलखाद समेत बरामद गरिएको कपिलवस्तु का प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनु भयो ।

मलखाद र मिनीट्रक बेवारिसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि सुठौली भन्सार कार्यालय कपिलवस्तु पठाईएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनु भयो ।

कमेन्टहरु